Skip to content

सरकारले बढायो सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, ढुवानीको कति ?

nabil bank

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले बढेको भाडादर आज सार्वजनिक गरेको छ । सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत बढेको छ ।

यस्तै पहाडी क्षेत्रका मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रको मालबाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार भाडादर आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपाली बजारमा पनि मूल्य बृद्धि घएको छ ।

मूल्य बढेपछि सवारी साधनको भाडा समायोजन गर्न व्यवसायीहरुले माग गर्दै आएका थिए । सरकारले भाडादर बढाएसँगै सर्वसाधारणभको भान्साको लागत पनि बढ्ने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi