Skip to content

अमेरिका–इरान युद्धविराम सहमतिपछि तेलको मूल्य १५ प्रतिशतसम्म घट्यो

nabil bank

काठमाडौं । अमेरिका र इरानबीच दुई हप्ताको अस्थायी युद्धविराममा सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार युद्धविराममा सहमतिसंगै बजारमा तेलको मूल्य १५ प्रतशितसम्म सस्तो भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको सम्भावित आक्रमण स्थगित गर्ने निर्णय सार्वजनिक गरेसँगै कच्चा तेलको मूल्यमा एक्कासि गिरावट आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन १५ प्रतिशतभन्दा बढीले घट्दै प्रति ब्यारेल ९५ अमेरिकी डलरभन्दा तल झरेको छ । यसअघि मध्यपूर्वमा तनाव बढेपछि यही मूल्य ११५ डलरसम्म पुगेको थियो । युद्धविरामले बजारमा देखिएको अनिश्चितता घटाएको छ । लगानीकर्ताहरूले अब तेल आपूर्ति सहज हुने अपेक्षा गरेका छन् ।

विशेषगरी स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षाले बजारमा तेलको मूल्यमा गिरावट आएको हो । यो जलमार्ग विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो जहाँबाट ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने गर्छ ।

इरानले युद्धविराम अवधिमा उक्त जलमार्ग सुरक्षित राख्ने र तेल बोकेका जहाजहरूको आवतजावतमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसले गर्दा केही समयदेखि देखिएको आपूर्ति समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ ।

तेलको मूल्य घट्दा विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । उत्पादन र ढुवानी खर्च कम हुने भएकाले धेरै देशमा मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी नेपालजस्ता आयातमा निर्भर देशहरूका लागि यो राहतको विषय बन्न सक्ने देखिन्छ ।

यद्यपि यो अवस्था दीर्घकालीन भने हैन । युद्धविराम अस्थायी भएकाले यदि पुनः तनाव बढेमा तेलको मूल्य फेरि बढ्न सक्ने सम्भावना रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi