काठमाडौं । विश्व बैंकले बुधबार नेपालको आर्थिक अवस्थाबारे नयाँ प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा वृद्धिदर उल्लेखनीय रूपमा घट्ने चेतावनी दिएको छ। हालैको राजनीतिक अशान्ति र बढ्दो अनिश्चितताको प्रभावस्वरूप यो वर्ष वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।
प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०–८१ को ३.७ प्रतिशतबाट २०८१–८२ मा ४.६ प्रतिशतमा पुगेको थियो। यो सुधार मुख्यतः उत्पादन र निर्माण क्षेत्रको नेतृत्वमा भएको थियो ।
विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।












प्रतिक्रिया दिनुहोस्