काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने संचालकहरूमा भएको हेरफेर गरेको कम्पनीले जनाएको छ ।
बुधबार बसेको संचालक समितिको ८२ औं बैठकले आगामी वार्षिक साधारणसभासम्मका लागि केही सञ्चालक मनोनित गरेको जनाएको छ । जसमा अध्यक्ष तथा सञ्चालक रहेका छन् । कम्पनीमा यसअघि रहेका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि उनको ठाँउमा उदय कुमार निरौलालाई मनोनित गरेको छ ।
यस्तै सञ्चालक शाहिल अग्रवालको स्थानमा दिपेन्द्र कुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वी राज थापालाई मनोजित गरेको कम्पनीले जनाएको छ । नयाँ सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलाले बुधबार बाट नै काम सुरु गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्