Skip to content

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७ करोडभन्दा धेरैको माग दावी

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङ सोङ ले फ्लाई दुबईको उडानबाट नेपाल ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाइएर सुन तस्करी गरेको अख्तियारले गरेको अनुसन्धानमा फेला परेको छ। सुरुमा भन्सार कार्यालयले ती भेपहरू जफत गरेको भए पनि पछि गोदाममा रहेका सक्कली भेप (सुनसहितका)लाई नक्कली भेपसँग साटफेर गरी सुन गायब पारिएको अनुसन्धानबाट खुलेको थियो।

अख्तियारको दाबी अनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग साँठगाँठ गरी जफत भएको सुन छुटाउन र तस्करहरूलाई अवैध रूपमा सहयोग पुर्‍याउन भन्सारका उच्च अधिकारीहरूलाई दबाब दिएका थिए।

यस प्रकरणमा अख्तियारले महराका साथै उनका छोरा राहुल, भन्सार विभागका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ लगायतका कर्मचारी र चिनियाँ तस्करहरूलाई पनि प्रतिवादी बनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T