काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनी नेपाल प्रहरीको नम्बर–२ गणबाट रिहा भएका हुन् । प्रहरीले उनको पत्नी यशोदा लेखकको जिम्मा लगाएर पठाएको जनाएको छ ।
लेखकलाई हाजिरी जमानिमा रिहा गरिएको हो । गत भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्