Skip to content

फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुर लजमा प्रभु बैंकका ग्राहाकलाई छुट

nabil bank

काठमाडौं । फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुर लज तथा प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बुधबार सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट तथा लजहरूको तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि दुवै पक्षबीच सम्झौतापत्र आदानप्रदान गरिएको थियो।

सम्झौता अनुसार फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुर लजमा सेवा तथा सुविधा लिँदा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले विशेष छुट पाउनेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

लजमार्फत उपलब्ध आवास सेवामा संस्थागत विशेष छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi