Skip to content

अमेरिका र इरानको वार्ता पाकिस्तानमा हुने, वार्ताअघि इस्लामाबाद बन्द

nabil bank
काठमाडौं । अमेरिका–इरानबिचको संवेदनशील उच्चस्तरीय वार्ताको पाकिस्तानमा हुने भएको छ । जसको लागि पाकिस्तानले पूर्वसन्ध्यामा आफ्नो राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ । यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ ।
बिहीबारदेखि लागू हुने गरी गरिएको यस निर्णयबारे इस्लामाबाद जिल्ला प्रशासनले बुधबार राति सूचना जारी गर्दै औपचारिक कारण खुलाएको छैन । तथापि, राजधानीका अधिकारीहरूले विगतमा पनि उच्चस्तरीय कूटनीतिक गतिविधिहरूअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता बिदा वा प्रतिबन्धहरू लागू गर्ने अभ्यास दोहोर्‍याउँदै आएका छन् ।
पाकिस्तान हाल मध्यपूर्वमा जारी तनावका सन्दर्भमा अमेरिका र इरानबीच हुने वार्ताको तयारीमा जुटिरहेको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसै सप्ताहन्त इस्लामाबादमा हुने वार्ताका लागि प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तालाई क्षेत्रीय स्थिरतासँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
घोषित बिदा बिहीबार र शुक्रबार इस्लामाबाद राजधानी क्षेत्रभित्र मात्र लागू हुने इस्लामाबाद जिल्ला प्रशासनले जनाएको छ । यस अवधिमा सरकारी तथा निजी कार्यालयहरू बन्द रहनेछन्, जसले राजधानीको गतिविधिमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यद्यपि, प्रशासनले अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा रहने स्पष्ट पारेको छ । प्रहरी, अस्पताल, विद्युत् तथा ग्यास आपूर्ति गर्ने निकायहरू खुला रहनेछन् । ‘आवश्यक सेवाहरू सञ्चालनमा रहनेछन्’, भन्दै उपायुक्तको कार्यालयले सामाजिक सञ्जालमार्फत बासिन्दाहरूलाई आफ्ना दैनिक गतिविधिहरू सोहीअनुसार योजना बनाउन आग्रह गरेको छ ।
यस कदमलाई पाकिस्तानले अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा समेत व्याख्या गरिएको छ, जहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको देखिन्छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi