Skip to content

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने एडिबीको प्रक्षेपण

काठमाडौं । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने एसियाली विकास बैंक (एडिबी)ले प्रक्षेपण गरेको छ।

एडिबीले एसियन डेभलपमेन्ट आउटलुक मार्फत् आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत थियो । यो वर्ष गत वर्षको भन्दा न्यून रहने छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, त्यसले पारेको ठूलो क्षति, हाल जारी रहेको मध्यपूर्वको द्वन्द्व लगायतका कारण नेपालको आर्थिक वृद्धिद्धर कम हुने एडिबीले जनाएको छ ।

यही साता विश्व बैंकले भने नेपालको आर्थिक वृिद्ध २.३ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima