Skip to content

धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न ३ कम्पनीलाई दियो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न आनुमति दिएको छ ।

बोर्डले आज एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

एभरेष्ट कलरले प्रतिकित्ता १०० का दरले ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल एस क्यापिटल छ ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi