Skip to content

अमेरिका–इजरायल–इरान युद्ध: रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने संकेत

nabil bank

काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट संकेत दिएको छ । विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको हो ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश चीनसहित सहकार्य गर्न इच्छुक अन्य राष्ट्रहरूको ऊर्जा आवश्यकतामा देखिन सक्ने कमी पूर्ति गर्न सक्षम रहेको बताए । होर्मुज क्षेत्रको अवरोधका कारण ऊर्जा आपूर्ति प्रभावित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले रुससँग पर्याप्त स्रोत रहेको उल्लेख गरे ।

यसै सन्दर्भमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालु वर्षको पहिलो अर्धवार्षिकभित्र चीनको भ्रमण गर्ने तयारी रहेको जानकारी दिनुभयो । मस्कोस्थित राज्य समाचार एजेन्सी तासका अनुसार उक्त भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण मस्को र बेइजिङबीचको आर्थिक तथा राजनीतिक सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ । पछिल्ला वर्षहरूमा ऊर्जा, व्यापार र कूटनीतिमा दुवै देशबीचको समन्वय तीव्र बन्दै गएको देखिन्छ ।

चीनको दुईदिने भ्रमणका क्रममा लाभरोभले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरे । उक्त भेटपछि उनले रुस–चीन सम्बन्धलाई ‘कुनै पनि चुनौतीको सामना गर्न सक्षम र स्थिर’ भएको उल्लेख गर्नुभयो । साथै, यी सम्बन्धहरूले अन्तर्राष्ट्रिय मामिलामा स्थायित्व ल्याउने भूमिका खेलिरहेको र विश्वव्यापी रूपमा यसको महत्त्व बढ्दै गएको पनि उनको भनाइ थियो ।

उनका अनुसार विश्वका धेरै देशहरू अस्थिरता वा द्वन्द्वभन्दा शान्ति र सहकार्य चाहन्छन् र यस्तो सन्दर्भमा रुस–चीन सहकार्यले सन्तुलन कायम गर्न मद्दत पुर्‍याइरहेको छ ।

लाभरोभको यो भ्रमण त्यस्तो समयमा भएको हो जतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले एकै साता विभिन्न देशका उच्चस्तरीय नेताहरूसँग भेटघाट गरिरहेका छन् । तीमध्ये भियतनामका नेता टो लाम र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi