काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज बजारमा चाँदीको मूल्य तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । यो अवधिमा चाँदीको मूल्य तोलामा १२० रुपैयाँले घटेको छ ।












प्रतिक्रिया दिनुहोस्