भारतको प्रिमियम मदिरा क्षेत्रमा पछिल्ला वर्षहरूमा सबैभन्दा चर्चित उदय भएको नाम हो— इन्द्री सिंगल मल्ट । मदिरा उद्योगहरुमा पछिल्लो समय इन्द्रीले
प्रतिष्ठित अवार्ड जितिरहेको छ ।
यसरी अवार्ड जितेको र लोकप्रिय बनेको ब्राण्ड कथा भने जेलबाट शुरु भएको थियो । यस ब्रान्डको जन्म कुनै समय भारतकै चर्चित हत्या प्रकरणमा दोषी ठहरिइसकेका व्यक्तिले शुरु गरेका हुन् ।
सन् १९७७ मा हरियाणाको अम्बालामा जन्मिएका सिद्धार्थ शर्मा भारतीय राजनीतिक अभिजात वर्गबाट आएका थिए। उनका पिता बिनोद भारतीय राष्ट्रिय कांग्रेससँग जोडिएका प्रभावशाली राजनीतिज्ञ थिए ।
परिवारको व्यापारिक समूह पिकाडिली एग्रो इन्डस्ट्रिज लिमिटेड—चिनी उद्योगदेखि मदिरा कारखाना र सञ्चारगृहसम्म फैलिएको थियो ।
यही विशेषाधिकारले घेरिएको वातावरणमा हुर्कँदा, शक्ति र पहुँच नै सबै थोक हो भन्ने मनोविज्ञान बस्दै शर्मा हुर्किएका थिए ।
जेसिका लाल हत्याकाण्ड
१९९९ को रात, दिल्लीको कुतुब कोलोनाडमा भएको एउटा निजी जमघटले भारतीय समाजमा भूइँचालो ल्यायो। जेसिका लाल एक मोडेल र सोही कार्यक्रमको पेय–सेवामा सहयोग गरिरहेकी युवती—उनी बार बन्द भइसकेको भन्दै “छैन” भनेर प्रतिक्रिया दिँदा, अहंकार, पहुँच र मदिराले मातिएका शर्मा भड्किए। एक क्षणको उन्मादले बन्दुक चल्यो।
जेसिकाको मृत्यु भयो। यसले भारतको न्याय प्रणालीविरुद्ध जनआक्रोशले सडकदेखि संसदसम्म आवाज उठ्यो ।
१९९९ को मे महिनामा पक्राउ परेका शर्मा उनी,२००६ मा तल्लो अदालतबाट ‘सबूत अभाव’ भन्दै मुक्त भए। मुख्य साक्षीहरू पछि हटे, बयानहरू फेरिए, र राजनीतिक दबाबको चर्चा सर्वत्र भयो।
तर देशभरि उठेको जनदबाब, सञ्चारमाध्यमको अभियान र नागरिक आन्दोलनका कारण दिल्ली उच्च अदालतले त्यही वर्ष उनलाई आजिवन कारावास सुनायो।
जेलमा १७ वर्ष बिताएपछि, १ जुन २०२० मा दिल्लीको सजाय पुनरावलोकन बोर्डले “अति उत्तम आचरण” भन्दै उनलाई जेलमुक्त गर्यो। उनलाई जेलमै बसेर स्नातकोत्तर तहको अध्ययन,जेल उद्योगको वार्षिक आम्दानी १ करोडबाट ३२ करोड पुर्याएको भनिने ‘योगदान’ गरेको भनेर छाडिएको थियो ।
यस्तै कैदीका बालबालिकाका लागि स्थापना गरिएको सहयोग कोष,१२ पटक परोल र २४ पटक बाहिर बस्न पाइने अनुमति—र सबै प्रतिवेदन ‘सकारात्मक’ थिए । जेसिका लालकी बहिनी सब्रीनाले २०१८ मा लेखेको “अब आपत्ति छैन” भन्ने पत्रपछि उनी जेलबाट छुटेका थिए ।
इन्द्री: एक हत्याकाण्डपछि जन्मिएको १०० खर्ब बराबरको मदिरा साम्राज्य
जेसिकाको हत्या गर्दा मनु शर्मा भनेर चिनिएका उनले जेलबाट छुट्नेरिहाइपछि उनले आफ्नो पहिचान परिवर्तन गरे—सिद्धार्थ शर्मा—र परिवारको मदिरा उद्योगमा पूर्णरूपमा फर्किए।
त्यहीबाट जन्मियो पिकाडिली डिस्टिलरिज र त्यही डिस्टिलरीबाट निक्लियो—भारतकै पहिलो ‘तीन भाँडामा परिपक्व’ एकल मल्ट—इन्द्री।हरियाणा राज्य कम कर, ठूलो उत्पादन क्षमता र अनुकूल नीतिका कारण मदिरा उद्योगका लागि सबैभन्दा आकर्षक केन्द्र बन्दै थियो।
शर्मा परिवारको समूह पहिले नै त्यहाँ बलियो जरा गाडिसकेको थियो।इन्द्र तीन प्रकारका काठका भाँडामा परिपक्व गरिन्छ—बोर्बोन,फ्रान्सेली,पेद्रो क्षेरिज (सुख्खा अङ्गुर मदिरा) को भाँडो जसले मदिरा प्रेमीमा यो ब्राण्ड निकै छोटो समयमा पपुलर बन्यो । अहिले कम्पनीको ५७ अर्ब भारतीय रुपैयाँ हुन्छ ।
विश्वस्तरीय मूल्याङ्कनमा दोस्रो वर्षमै इन्द्रीले शीर्ष स्थान जितेपछि अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता बजारमा माग ह्वात्तै बढ्यो।
समूहले विदेशमा पनि मदिरा उत्पादन केन्द्रमा लगानी गर्ने रणनीति बनाएको छ जसमा केही प्रस्ताव अहिले राजनीतिक विवादमा अड्किएका छन्।
शर्मा अहिले हरियाणा र दिल्ली क्षेत्रमा बसेर पिकाडिली समूहका विस्तार योजनामा सक्रिय छन्।












प्रतिक्रिया दिनुहोस्