काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज बजारमा चाँदीको मूल्य तोलामा ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्