काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक राजगारीमा रहेका नेपालीहरुका लागि बैशाख २१ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने प्रतिकित्ता सय रुपैयाँका दरले ८५ लाख रुपैयाँको ८५ हजार कित्ता निष्कासन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।












प्रतिक्रिया दिनुहोस्