काठमाडौं । भारतको चर्चित सर्भो ब्राण्डको लुब्रिकेन्टको उत्पादन नेपालमा शुरु भएको छ ।
गोल्छा समूह र इन्डियन आयलको सहकार्यमा नेपालमा यसको व्यसायिक उत्पादन शुरु भएको हो ।
गोल्छा समूह र इन्डियन आयलबीचको ५०÷५० सेयर स्वामित्व हुने गरेर नेपालमा लुब्रिकेन्टको उत्पादन शुरु भएको हो ।
नवलपुरको देवचुलीमा रहेको उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
“इन्डियन आयल कर्पोरेशन र गोल्छा समूहबीचको विश्वास, साझा दृष्टि र गुणस्तरप्रतिको प्रतिबद्धतामा निर्मित सुदृढ साझेदारीको नतिजा स्वरूप यो परियोजना सफल भएको हो,“यस उत्पादन केन्द्रबाट १५० जनालाई रोजगारी मिल्नेछ र यसले नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउनतर्फ एक महत्वपूर्ण कदम चालिएको छ।” सामान्य सम्पादन












प्रतिक्रिया दिनुहोस्