Skip to content

सेयर बजारबाट ९ महिनामा राज्यले पायो ८ अर्ब १७ करोड बढी पुँजीगत लाभकर

nabil bank

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा सेयर बजारबाट ८ अर्ब १७ करोड ६७ लाख ८७ हजार २२५ रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । सरकारले फागुन महिनामा मात्रै १ अर्ब ७३ करोड ५७ लाख ८२ हजार २९९ रुपैयाँ रहेको छ ।

फागुनको तुलनामा चैत महिनामा लाभकर निकै बढेको छ । सिडिएससीका अनुसार फागुन महिनामा मात्रै राज्यले सेयर बजारबाट ५५ करोड १५ लाख ८१ हजार ८०४ रुपैयाँ संकलन भएको थियो ।

चैत महिनामा राज्यले व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर ३५ करोड ८२ लाख ५७ हजार ५६ रुपैयाँ, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर १ अर्ब १० करोड ५१ लाख १९ हजार ४४१ रुपैयाँ र कर्पोरेट पुँजीगत लाभकर २७ करोड २४ लाख ५ हजार ८०१ रुपैयाँ लाभकर संकलन भएको सिडिएससीले जनाएको छ ।

संकलन भएको करको विवरण हेर्दा बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा पनि अल्पकालिन लगानीकर्ता बढी हावी देखिएका छन् ।
सेयर लगानीकर्ताले व्यक्तिगत र संस्थागत कारोबार गर्दा राज्यलाई पुँजीगत लाभकर तिर्ने गरेका छन् । लगानीकर्ताले व्यक्तिगत एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्दा ५ प्रतिशत, एक वर्ष भन्दा कम समयमा बिक्री गर्दा ७ प्रतिशत, संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi