Skip to content

सिडिएससीले कार्यकारी प्रमुखबाट हटायो पन्दाकलाई

nabil bank

काठमाडौं । सिडिएससीले कार्यकारी प्रमुखबाट प्रविन पन्दाकलाई हटाएको छ ।

आज बसेको सिडिएससीको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) सञ्चालक समितिको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

आइतबार बसेको सिडिएससी सञ्चालक समितिको बैठकले नेप्सेको उक्त निर्णय ग्रहण गर्दै कार्यकारी प्रमुखबाट समेत हटाउने निर्णय गरेको हो ।

सिडिएससी नेप्सेको सहायक कम्पनी हो । पन्दाक सिडिएससीको सञ्चालक र कार्यकारी प्रमुख रहेकी थिइन् ।

पन्दाकलाई हटाएसँगै कामूको जिम्मेवारी कन्चन सापकोटालाई दिइएको सिडिएससीका अध्यक्ष चुडामणी चापागाईले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi