काठमाडौँ । गर्मीलाई मध्यनजर गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडीए) पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ ।
कम्पनीले प्रिमियम सिरिज सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल सिजी एमआरएसएफ१८जे०५ बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको छ । उपभोक्ताले गर्मीमा अझ प्रभावकारी शीतलता प्राप्त गर्नेछन् ।
नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको छ । बजारमा सीजीको नेतृत्वलाई तीन तहमा वर्गीकरण गरिएको छ । जसमा प्रिमियम मेरिडिया सिरिज (३ मोडल) रहेको छ ।
अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन् । जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन् ।
सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल)मा आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन् । यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्ने कम्पनीले जनाएको छ ।
शक्तिशाली फर्राटा फ्यान (३ मोडल)मा औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली ‘फर्राटा फ्यान’ उपलब्ध रहेको जनाइएको छ ।
१५ वटा मोडलहरूको विस्तृत रेन्ज नेपाली बजारमा अन्य कुनै पनि ब्रान्डको तुलनामा सबैभन्दा ठूलो छ । जसले हरेक वर्गका ग्राहकको बजेट र आवश्यकतालाई ‘कस्टमाइज्ड’ समाधान दिने सीजीको क्षमतालाई प्रमाणित गर्दछ ।
नयाँ सार्वजनिक गरिएको १८ इन्चको यो मेरिडिया मोडलमा आधुनिक प्रविधि र उच्च कार्यक्षमताका विशेषताहरू छन् ।
रोबस्ट एण्ड रिलायबल मोटर लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ।
उच्च गतिको ११५० आरपीएम फ्यानमा ११५० आरपीएमको उच्च गति रहेको छ । जसले गर्मीमा पनि तुरुन्तै शीतलता र राहत प्रदान गर्छ ।
१८ इन्चको स्विपमा फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ ।
५ वटा एल्युमिनियम ब्लेडमा एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन् ।
४ स्पीड कन्ट्रोलले उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन् ।
वाइड एंगल ओसिलेसन फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ ।
२ वर्षको मोटर वारेन्टीको गुणस्तरमा पूर्ण भरोसा प्रदान गर्न सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ।
देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शोपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन् । ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।
नेपालको बदलिँदो जलवायु र चर्को गर्मीको सामना गर्न सीजीका उत्पादनहरू अहिले केवल उपकरण मात्र नभएर एक ‘लाइफस्टाइल सोलुसन’ सावित भएका छन्।












प्रतिक्रिया दिनुहोस्