काठमाडौं । अर्थ मन्त्रालयले पछिल्ला वर्षहरूमा राजस्व परिचालनमा शिथिलता आएको जनाएको छ । आज मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
मन्त्रालयका अनुसार कोभिड–१९ बाट बढी प्रभावित वर्ष (आर्थिक वर्ष २०७६/७७) पूर्वका ५ आर्थिक वर्षमा राजस्वको औसत वार्षिक वृद्धिदर १४.९ प्रतिशत रहेको थियो ।
त्यस पश्चातका ५ आर्थिक वर्षमा यस्तो वृद्धिदर ८.७ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँग सङ्घीय राजस्व सङ्कलनको अनुपात २१.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा १९.३ प्रतिशतमा सीमित भएको थियो । विगत १० वर्षमा राजस्व परिचालन वार्षिक औसत १२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत १२ गतेसम्म राजस्व परिचालन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब ८० अर्ब पुगेको छ।












प्रतिक्रिया दिनुहोस्