Skip to content

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा, २५० एमएल क्यानको ८० रुपैयाँ

nabil bank

काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ । क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो विस्तार गरेको छ ।

क्याम्पा इनर्जी गोल्ड बुस्ट एक अन्तर्राष्ट्रिय स्तरको ऊर्जा पेय हो । जसलाई विश्व स्तरीय गुणस्तर र प्रदर्शनलाई ध्यानमा राखेर तयार गरिएको हो। सीजी रिलायन्सले यसलाई सुलभ मूल्यमा उपभोक्तामाझ उपलब्ध गराएको छ।

क्याम्पा इनर्जी गोल्ड बुस्ट देशभरका खुद्रा आउटलेटहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । जसलाई सीजी रिलायन्सले आफ्नो बलियो वितरण सञ्जालमार्फत विस्तार गरेको छ। यो उत्पादन मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो, जसले गुणस्तर र निरन्तर आपूर्ति सुनिश्चित गर्छ। उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव तथा दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ ।

सीजी रिलायन्स बेभरेज प्रालि चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) हो । चौधरी ग्रुप नेपालकै अग्रणी व्यावसायिक समूह हो भने आरसिपिएल, रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतको एफएमसिजी (द्रुत उपभोग्य वस्तु) व्यवसाय हो। यस कम्पनीले नेपालभर क्याम्पा ब्रान्डका पेय पदार्थहरूको उत्पादन र वितरण गर्दै आएको छ, जहाँ आरसिपिएलको ब्रान्ड शक्ति र सीजीको स्थानीय बजार अनुभवलाई प्रभावकारी रूपमा संयोजन गरिएको छ ।

रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसिजी क्षेत्रअन्तर्गत सञ्चालन हुने व्यवसाय हो, जुन भारतको सबैभन्दा ठूलो निजी क्षेत्रका कम्पनीहरूमध्ये एक हो । आरसिपिएलले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुन: सार्वजनिक गरेको थियो । त्यसपछि क्याम्पा ब्रान्डले तीव्र वृद्धि गर्दै भारतीय पेय पदार्थ बजारमा उल्लेखनीय उपस्थिति बनाएको छ र हाल युएई, ओमान, बहराइन तथा नेपाल लगायत अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi