Skip to content

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको ५ भने चाँदी तोलामा ६५ रुपैयाँ बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अाज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T