Skip to content

महासंघलाई अर्थमन्त्री वाग्लेको सुझाव, स्वच्छ तरिकाले निर्वाचन गर्नुस्, गुटबन्दी नगर्नुस्

nabil bank

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले उद्योग वाणिज्य महासंघमा स्वच्छ, पारदर्शी र निष्पक्ष निर्वाचन गर्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गुटबन्दीभन्दा संस्थागत एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। ‘स्वच्छ तरिकाले निर्वाचन गर्नुस्, गुट बनाउने काम नगर्नुस्,’ उनले भने।

मन्त्री वाग्लेले नेपालले १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सो लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। ‘निजी क्षेत्रको साथ बिना यो सम्भव छैन। निजी क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड हो,’ उनले भने ।

यसैगरी, कार्यक्रममा उनले बजेटबारे फैलिएको हल्ला र अतिरञ्जनाप्रति पनि टिप्पणी गरेका छन्। बजेटलाई नै सबैथोकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै उनले सरकारले बजेटमार्फत वार्षिक रूपमा करिब १९ देखि २० खर्ब रुपैयाँ खर्च गर्ने गरेको बताए । जसको मुख्य स्रोत निजी क्षेत्रले तिरेको राजस्व नै भएको उनको दावी छ ।

अर्थमन्त्री वाग्लेले केही अंश ऋण (बरोइङ) मार्फत पनि खर्च गरिने गरेको जानकारी दिएका छन् । उनले सरकारले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २५ देखि ३० प्रतिशत बराबरको बजेट सार्वजनिक गर्ने गरेको बताए। तर, स्रोतको सीमितताका कारण सबै बजेट पूर्ण रूपमा खर्च गर्न चुनौती रहने उनले उल्लेख गरे।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै आर्थिक विकासको लक्ष्य हासिल गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi