काठमाडौं । घोराही सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चैत मसान्तसम्म कम्पनी १५ करोड ८६ लाख ७८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
कम्पनीले नोक्सानी घटाइरहेको छ ।
चैत मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा ३१ करोड ५५ लाख ५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ करोड ७३ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म कम्पनीको उत्पादन बिक्री भएर हुने आम्दानी ३ अर्ब ५५ करोड ११ लाख १६ हजार रुपैयाँ सञ्चालन रहेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ५२ करोड ६५ लाख २३ हजार रहेको थियो ।
कम्पनीको प्रशासनिक तथा बिक्री वितरण खर्च १९ करोड ७९ लाख १२ हजार रुपैयाँबाट घटेर १३ करोड ८४ लाख ५५ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६९९ रुपैयाँ रहेको छ ।












प्रतिक्रिया दिनुहोस्