Skip to content

औद्योगिक जनशक्ति सुदृढीकरणका लागि मानव संसाधन सम्मेलनको दोस्रो संस्करण हुँदै

nabil bank

काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा नेपाल मानव संसाधन सम्मेलनको दोस्रो संस्करण यही वैशाख २५ र २६ गते विराटचोकमा हुने भएको छ । सम्मेलनको मूल उद्देश्य नेपालमा बढ्दो मानव संसाधन चुनौतीलाई सम्बोधन गर्दै औद्योगिक विकासका लागि सक्षम जनशक्ति निर्माण गर्नु रहेको छ ।

नेपालको औद्योगिक क्षेत्र हाल दक्ष जनशक्तिको अभाव, उच्च दरको वैदेशिक पलायन, सीपको असन्तुलन, कर्मचारी स्थायित्वको कमी, प्रविधिको तिव्र विकास, रोजगारदाता र तालिम प्रदायकबीच समन्वय जस्ता समस्याबाट प्रभावित छ । यी चुनौतीहरूले औद्योगिक विस्तारलाई अपेक्षित गतिमा अघि बढ्न नदिएको सन्दर्भमा सम्मेलनले मानव संसाधनलाई उत्पादनशीलता र दिगो औद्योगिक विकासको रणनीतिक आधारमा पुनःपरिभाषित गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

अध्यक्ष राठीका अनुसार सम्मेलनले मानव संसाधन व्यवस्थापनलाई गुणस्तर र उत्पादकत्वसंग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गर्नेछ । यसका साथै नवीन अभ्यासहरूको आदान–प्रदान, कर्मचारी स्थायित्व अभिवृद्धि, अप्रेन्टिसशिप तथा प्रमाणिकरण प्रणालीको सुदृढीकरण, डिजिटल एचआर प्रणालीको प्रवद्र्धन तथा रोजगारदाता, तालिम प्रदायक बीच सहकार्य विस्तार गर्नेछ ।

पहिलो र दोस्रो दिन गरी जम्मा ९ वटा सत्रहरूमा विभाजित गरिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सहितका वक्ता र प्यानलिस्टहरूको सक्रिय सहभागिता रहने र उक्त सत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरूले मानव संसाधन व्यवस्थापनमा अपनाएका अभ्यास, प्रविधिगत परिवर्तनले जनशक्तिमा पारेको प्रभाव, डिजिटल एचआर प्रणालीको प्रयोग, कर्मचारी स्थायित्वका उपायहरू तथा प्रचलित ऐन कानुनका विषयमा प्रस्तुती हुने संगठनका कार्यसमिति सदस्य एव मानव संसाधन विकास समितिका संयोजक दिपक अग्रवालले वताए । उनले औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, अन्तर्राष्ट्रिय मापदण्डहरूको अवलम्बन तथा मूल्य अभिवृद्धि श्रृंखलामा जनशक्तिको योगदान जस्ता विषयहरूका साथै प्रेरणादायी वक्ताबाट सफलताका व्यावहारिक सूत्रहरू प्रस्तुत हुने जानकारी दिए ।

कुमारी जव टाईटल स्पन्सर, रिगो एच.आर सिल्भर स्पन्सर, जब्स डाईनामिक्स सर्पोटरका साथै ईन्स्योर, क्वालिटी परियोजना र एनभिक्यूएसको प्राविधिक सहयोगमा हुने उक्त सम्मेलनमा उद्योगी, व्यवस्थापक, प्रशासक, मानव संसाधन प्रमुख, तालिम प्रदायक संस्था, नीति विश्लेषक, विद्यार्थीहरू तथा विभिन्न औद्योगिक प्रतिष्ठानका प्रतिनिधिहरू गरी १५० भन्दा बढी सहभागीता रहने अपेक्षा छ । सम्मेलनबाट मानव संसाधन सम्बन्धी रणनीतिक रोडम्याप तयार हुनुका साथै कर्मचारी स्थायित्वका उपायहरू पहिचान हुने, अप्रेन्टिसशिप मोडेलको विकास हुने, डिजिटल प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान विस्तार हुने विश्वास संगठनले लिएको छ ।

उद्योग संगठन मोरङका अनुसार सन २०२४ मा भएको पहिलो संस्करणको सम्मेलनले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख उपलब्धिका रूपमा स्थापित गरेको थियो भने यस वर्षको दोस्रो संस्करणले ती उपलब्धिहरूलाई थप सुदृढ गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi