काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सोमबार सुनको मूल्य तोलाको ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदीको मूल्य तोलाको २० रुपैयाँ बढेर तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ खरिदबिक्री भएको थियो । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।












प्रतिक्रिया दिनुहोस्