Skip to content

एसोसिएट उपाध्यक्षमा पाण्डेको अग्रता कायमै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डेले आफ्नो अग्रता कायम राखेका छन्। हालसम्म १५ सय मत गणना सकिँदासम्म पाण्डेले ८७१ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अगाडि रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठ शुब्बाले ६१६ मत प्राप्त गरेकी छन्।

यसैगरी महिला सदस्यतर्फको मतगणनामा अभिज्ञा मल्लले ७९६ मत प्राप्त गरेकी छन् भने जमुना पौडेलले ५८५ मत ल्याएकी छन्। शोभा ज्ञवालीले ६२८ मत पाउँदा जुना माथेमा ९१० मतसहित अग्रस्थानमा देखिएकी छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T