काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार तोलामा २ लाख ९६ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ५ हजार ५५ रुपैयाँ रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्