Skip to content

मेरियट होटलले गर्‍यो विद्यालयलाई सहयोग

nabil bank

काठमाडौं । एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको मेरियट होटलले विद्यालयलाई विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स प्रदान गरेको छ ।

कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेको हो ।

विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धितर्फमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
विद्यार्थीहरूलाई लन्च बक्स वितरण गरिएको छ ।

कार्यक्रममा काठमाडौं मेरियट होटेलका अध्यक्ष शशी कान्त अग्रवालले समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको बताए । उनका अनुसार शिक्षा कुनै पनि समृद्ध समाजको आधार हो । प्रत्येक बालबालिकाले सिक्न र अघि बढ्न आवश्यक साधनहरू पाउनु अत्यावश्यक रहेको र उक्त पहल त्यसतर्फको सानो र इमानदार प्रयास हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi