काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्