काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरुलाई आफ्नो क्षेत्रमा बजेट लैजान दबाब नदिन आग्रह गरेका छन् ।
पार्टीका सांसदहरुलाई दिएको प्रशिक्षण कार्यक्रममा समापनमा उनले यस्तो बताए । आगामी आवको बजेट निर्माणमा अर्थमन्त्री डा. स्वार्णिम वाग्ले लागिरहेको र बजेट निर्माण हुने क्रममा रहेको भएर सांसदहरुलाई आफ्नो क्षेत्रमा बजेट लैजान दबाब नदिन आग्रह गरे ।
‘‘आगामी आवका लागि सिलिङ आईसकेको छ । बजेटमा मन्त्री ज्यू लाग्नु भएको छ’’ उनले भने, ‘‘ सांसदले आफ्नो क्षेत्रमा बजेट लैजान प्रेसर नगर्नु । हामी देश बनाउने अभियानमा छौ ।’’
उनले सरकारले सोमबार ल्याउन लागेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट भएको बताए ।
लामिछानेले कार्यक्रममा रास्वपाले नीजि क्षेत्रलाई साथ र सम्मान दिने जानकारी गराए ।












प्रतिक्रिया दिनुहोस्