काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक संस्थानलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित वर्गीकरण गर्ने योजनाअघि सारिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको अवस्था, कार्यक्षमता र आवश्यकता अनुसार वर्गीकरण गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूमा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने, संस्थानहरूको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यकताअनुसार गाभ्ने नीति पनि समेटिएको छ।












प्रतिक्रिया दिनुहोस्