Skip to content

१५,१५ दिनमा तलब दिँदा, सातामा २ दिनको बिदाले बजार निकै चलायमान भयो: अर्थमन्त्री डा वाग्ले

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमा तलब दिँदा, सातामा २ दिन सार्वजनिक बिदा दिँदा बजार निकै चलायमान भएको दाबी गरेका छन् । आज अर्थ समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

समितिको बैठकमा उनले विदेशी ऋण खोजेर म साधान स्रोत सम्पन्न गराउँन लाग्ने बताए । त्यसका लागि अन्य मन्त्रालयका मन्त्रीहरुसँग पनि छलफल भइरहेको बताए । उनले सिमा सुरक्षा, राजस्व चुहावट रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि धेरै नै बजेट विनियोजन गर्ने बताए ।

भन्सारमा आएर अडकिएर रहेका ६, ७ सय गाडीको व्यवस्थापन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको उनको भनाइ छ । ६५१ वटा मोटरसाइकल र ४१ वटा गाडीको व्यवस्थापन गर्ने जिम्मा गृहलाई दिएको उनको भनाइ छ ।

“यसअघि त्यस्ता गाडी मन्त्रीहरुले छानीछानी चढ्ने गरेका थिए’’ उनले भने “यो सरकारले ती सवारी साधान व्यवस्थापन गर्ने जिम्मा गृहलाई दिएको हो ।’’ लामो समयदेखि रुग्ण रहेका आयोजनाको डिडिए गरेको छ ।

उनले ३ वटाको रुग्ण आयोजनाको प्रतिनवेदन प्राप्त भएको र ४ वटा आउन बाँकी रहेको जानकारी गराए । वाग्लेले प्रतिवेदन तयार भएपछि रुग्ण ७ वटै आयोजना पीपीए मोडलमा सञ्चालन गर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi