Skip to content

सुनको मूल्य ४४ सय रुपैयाँ बढ्यो, चाँदी कति? 

nabil bank
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्यमा उच्चदरको वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलाको ४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३५५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। यसैगरी, आईतबारको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्य तोलाको ३५५ रुपैयाँ बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको थियो। यसैगरी, आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi