Skip to content

योजना अनुसार उत्पादन नहुँदा प्राधिकरणलाई १ अर्ब २२ करोड भार

काठमाडौं । योजना अनुसार विद्युत उत्पादन गर्न नसक्दा नेपाल विद्युत प्राधिकरणले ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ। प्राधिकरणमा हालसम्म २५३ स्वतन्त्र ऊर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट क्षमताको विद्युत खरिद सम्झौताको प्रक्रियामा रहेको छन्।

उक्त्त ऊर्जा उत्पादकबाट लक्ष्यअनुसार उत्पादन हुन नसक्दा करिब २६ करोड ८८ लाख किलोवाट घण्टा विद्युत घाटा भएको प्राधिकरणले जनाएको छ।

उत्पादनमा आएको कमी पूर्ति गर्न प्राधिकरणले एक मित्रराष्ट्रबाट थप विद्युत आयात गर्नुपरेको छ। यसका कारण प्राधिकरणलाई अनुमानित १ अर्ब २२ करोड ७९ लाख रुपैयाँको अतिरिक्त व्ययभार परेको छ।

विशेषगरी सुक्खा महिनामा आन्तरिक उत्पादन घट्ने भएकाले आयातित विद्युतमा निर्भरता बढ्दै गएको छ। अर्कोतर्फ, रन,अफ, रिभर प्रकृतिका जलविद्युत आयोजनाबाट वर्षायाममा उत्पादन बढी हुँदा पर्याप्त उपयोग हुन नसकी विद्युत खेर जाने समस्या देखिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima