Skip to content

६ महिनामा १३ करोड ४० लाखको व्यापार गरेको अग्नि लजिस्टिक्सले कति लिएको छ ऋण ?

nabil bank

काठमाडौं । अग्नि लजिस्टिक्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

सन् २०२२ मा १७ करोड ५० लाख रुपैयाँ आम्दानी गररेको यस कम्पनीको व्यापार सन् २०२३ मा सामान्य बढेर १५ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।

यसैगरी, गत आवमा १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १५ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्यापार वर्षेनी घट्दो अवस्थामा रहेको छ।

यसैगरी, कम्पनीले दिर्घकालिन कर्जाका लागि १ अर्ब २६ करोड रुपैयाँको रेटिङ गराएको छ । सन् २०१८ मा स्थापना भएको यस कम्पनीले लजिस्टिक र वेयरहाउजिङको सेवा दिँदै आएको छ । कम्पनीले दैनिक ५ हजार ८ सय ७५ क्यूबिक मिटरको क्षमतामा वेयरहास सञ्चालन गर्दै आएको छ ।

ग्नि–ग्रुपद्वारा सञ्चालित कम्पनीले वेयरहाउजिङ र लजिस्टिक सेवाहरुबाहेक व्यवसायिक क्षेत्रहरु विस्तार गर्दै खरिद परामर्शदाताको रुपमा पनि काम गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi