Skip to content

१० महिनामा करिब ६ अर्ब राजस्व संकलन

nabil bank
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब छ अर्ब राजस्व संकलन गरेको छ ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् ५ अर्ब ९२ करोड ६४ लाख राजस्व संकलन भएको छ ।
चालु आवको वैशाखसम्ममा  अन्तशुल्कतर्फ ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ १ अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ छ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार राजस्व संकलन भएको छ ।
प्रमुख सुवेदीका अनुसार चालु आवमा ८ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ ।  करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi