Skip to content

सञ्चालन आन्दानी घट्दा अधिकांस होटलहरु नाफा ऋणात्मक, कारण जेनजी आन्दोलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका अधिकांश होटल तथा पर्यटनसम्बद्ध कम्पनीहरूको नाफा ऋणात्मक देखिएको छ। यस अवधिमा सञ्चालन आम्दानी घट्नुका साथै जेनजी आन्दोलनको प्रभावले पर्यटन गतिविधि सुस्त हुँदा होटल उद्योगमा व्यापक असर परेको हो।
यसबीच कालिन्चोक दर्शन भने उल्लेखनीय रूपमा सुधार हुँदै ४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१४ प्रतिशतले वृद्धि हो। समग्रमा सबै कम्पनीहरूको कुल नाफा २६ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ८ करोड रुपैयाँको तुलनामा ७५.८९ प्रतिशतले गिरावट हो।
उपलब्ध वित्तीय विवरण अनुसार सोल्टी होटलले १२.१८ प्रतिशतले नाफा वृद्धि गर्दै ५५ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ९० लाख रुपैयाँ थियो।  तर अन्य धेरै होटल कम्पनीहरूको अवस्था कमजोर देखिएको छ।
तारागाउँ रिजेन्सी १४ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्ष ३३ करोड ७५ लाख रुपैयाँ नाफामा थियो। यसैगरी, चालु आवको तेस्रो त्रैमाससम्म आउँदा ओरियन्टल होटल पनि घाटामा पुगेको छ ।
यसैगरी, चन्द्रागिरि हिल्स होटल ९३ लाख रुपैयाँ घाटामा गएको छ, जुन गत वर्ष उल्लेखनीय नाफामा थियो। सिटी होटलले १३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोरेको छ भने बन्दीपुर केबल कार एन्ड टुरिजम पनि घाटामै रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T