Skip to content

नोभा चकलेट आइसक्रिमको एक ब्याचमा गुणस्तर समस्या, बजारबाट फिर्ता गरिँदै

nabil bank

काठमाडौं । स्वदेशी दुग्धजन्य उत्पादन कम्पनी फिस्टेल डेरी प्राली अन्तर्गत उत्पादित ‘नोभा’ ब्राण्डले आफ्ना एक सीमित ब्याचका आइसक्रिममा गुणस्तरसँग सम्बन्धित समस्या देखिएको छ।

कम्पनीले ‘नोभा चकलेट आइसक्रिम’को १००० मिलिलिटर प्याक, ब्याच नम्बर ‘सीओटु’तथा उत्पादन मिति १९ साउन २०८२ उल्लेख भएको उत्पादनमा खाद्य गुणस्तरसँग सम्बन्धित विषय देखिएको जानकारी दिएको जनाएको छ ।

कम्पनीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा गरिएको परीक्षणका क्रममा उक्त सीमित ब्याचमा समस्या देखिएपछि सम्बन्धित उत्पादन बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

फिस्टेल डेरीले आइसक्रिम तापक्रमप्रति अत्यन्त संवेदनशील उत्पादन भएकाले उत्पादन, ढुवानी, भण्डारण तथा बिक्री प्रक्रियामा ‘कोल्ड चेन’ कायम नरहे ब्याक्टेरियाको वृद्धि हुन सक्ने जनाएको छ । कम्पनीले एकपटक पग्लिएको आइसक्रिम पुनः फ्रिज गर्दा ब्याक्टेरियाको वृद्धि रोकिन सक्ने भए पनि पूर्ण रूपमा नष्ट नहुने वैज्ञानिक तथ्यप्रति आफू सचेत रहेको उल्लेख गरेको छ ।

कम्पनीले हाल आन्तरिक गुणस्तर परीक्षण, उत्पादन प्रक्रिया पुनरावलोकन तथा कोल्ड चेन अनुगमनलाई थप कडाइका साथ लागू गरिएको जनाएको छ। साथै, ‘सीओटु’ ब्याच बाहेक नोभाका अन्य उत्पादनमा कुनै गुणस्तरीय समस्या नरहेको पनि स्पष्ट पारेको छ।

फिस्टेल डेरीले उपभोक्तालाई उत्पादन प्रयोगअघि उत्पादन मिति तथा उपभोग अवधि अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ । कम्पनीले तापक्रम संवेदनशील उत्पादनको सुरक्षित भण्डारण तथा उचित कोल्ड चेन कायम राख्न खुद्रा विक्रेता र वितरण साझेदारलाई अनुरोध गरेको छ।

१७ वर्षदेखि सञ्चालनमा रहेको नोभा ब्राण्डले गुणस्तरीय तथा सुरक्षित दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको दाबी गर्दै कम्पनीले नियमित रूपमा सरकारलाई कर तिर्दै सयौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै आफ्ना उत्पादन विदेशसम्म निर्यात गर्दै आएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi