Skip to content

सार्वजनिक ऋण १० महिनामै थपियो ५ खर्ब ३२ अर्ब, करिब ३० खर्ब नजिक

nabil bank
काठमाडौं ।  सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को १० महिनामा सार्वजनिक ऋण आकार ३० खर्ब नजिक पुगेको हो ।
चालु आव वैशाख मसान्तसम्म सार्वजनिक ऋणमा ५ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँ बराबर थपिएको छ । यस अवधिमा अवधिमा २ खर्ब ३१ अर्ब ९२ करोड बराबर भुक्तानी भएको छ ।
गत आव अन्तिम अर्थात् असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो । वैशाख मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड र बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड पुगेको छ ।
वैशाखसम्म आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब रुपैयाँ, बाह्य ऋण १५ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi