काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आउँदा २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैशाख मसान्तसम्म आउँदा विभिन्न मुलुकबाट देशमा चालु आर्थिक वर्ष २०८२–०८३ को वैशाखसम्ममा ८ हजार ६०७ वटा ईभी भित्रिएका छन् ।
चालु आवको १० महिनामा ईभी आयातबाट सरकारलाई १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । चालु आवको वैशाखसम्म ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ ।
यसैगरी, ५० किलोवाटका २८ सय ४८ वटा, ५१ देखि १०० किलोवाटका ५ हजार २५ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७२३ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ९ वटा ईभी गाडी आएका छन् ।
५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यसैगरी, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । वैशाखसम्ममा मात्रै ८९ करोड ४५ लाख ३० हजार रुपियाँको ७ हजार ७८५ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
अन–एसेम्बल ९३ करोड ६६ लाख १४ हजार रुपियाँको तीन पाङ्ग्रे ९ हजार ११ वटा भित्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्