Skip to content

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। यस दिन सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T