Skip to content

१० महिनामा १६ खर्ब ९२ अर्बको आयात, निर्यात २ खर्ब ४८ अर्ब मात्र

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विभिन्न मुलुकबाट १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको (१४ खर्ब ७४ अर्ब १८ करोड) तुलनामा १४.८२ प्रतिशतले बढी हो ।

निर्याततर्फ भने नेपालले केही सुधार गर्दै २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा १४.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको हिस्सा अत्यधिक हुँदा व्यापार घाटामा उच्च वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

तथ्यांक अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको हिस्सा मात्र १२.८२ प्रतिशत रहेको छ । आयात र निर्यातको रेसियो ६.७९ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi