काठमाडौं । डिजिटल प्लेटफर्म डिजीओले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता घोषणा गरेको छ ।
साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेठ ११ देखि २२ गतेसम्म भारतमा आयोजना हुँदैछ। यसअघि डिजीओले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो।
“नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डिजीओमा उपलब्ध हुनेछ,” डिजीओका स्पोर्ट्स हेड, बिपुल भट्टराईले भने। “हामीले डिजीओमा खेलकुदको एउटा यस्तो बलियो पूल बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज र फिफाको विश्वव्यापी रोमान्सदेखि भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा ‘ब्याक-टु-ब्याक’ उपभोग गर्न पाउनेछन्। महिला फुटबलको यो दक्षिण एसियाली महाकुम्भलाई घर-घरसम्म पुर्याउन पाउँदा हामी गौरवान्वित छौं। ”
डिजीओले यो ब्याक-टु-ब्याक यात्रा मार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। खेलप्रेमीहरूका लागि यो एउटा यस्तो स्वर्णिम युग हो, जहाँ उत्साह र खेलको रोमान्च कहिल्यै समाप्त हुने छैन।












प्रतिक्रिया दिनुहोस्