Skip to content

करमा बहुदर उपयुक्त हुँदैन: कर विज्ञ डा. खड्का

काठमाडौं । कर विज्ञ डा. रुप खड्काले करमा बहुदर नीति उपयुक्त नहुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले करको अवधारणा र सुधारका सम्भावित क्षेत्रहरुका विषयमा आयोजित छलफलमा उनले यस्तो भनेका हुन् ।

नेपालमा बहुदर कर प्रणालीका विषयमा चर्चा हुने गरेको भएपनि यो लागू गर्न नहुने उनको तर्क छ । नेपालमा उद्योगी व्यवसायीहरुले बहुदर लागू गर्न माग गर्ने गरेको भएपनि यसले सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

“नेपालमा बहदुर कर लागू गर्ने हो भने कर प्रणालीमा सभानता नहुने, आर्थिक विकासमा बाधा उत्पन्न हुने, राजस्व प्रणालीमा नकारात्मक असर पर्छ” उनले भने “प्रशासनिक रुपमा पनि यो निकै झन्झटिलो हुन्छ ।” उद्योगी व्यवसायीलाई समयमा नै यसका बारेमा बुझाउन आवश्यक रहेको डा. खड्काको बुझाई छ ।

लामो समयदेखि उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima