Skip to content

जीडीपी ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने: कृषिको योगदान घट्दै र सेवाको बढ्दै

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब ९ करोड रुपैयाँ रहने अनुमान रहेको छ ।

आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यस्तो बताएका हुन् ।

जीडीपीमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ ।

जीडीपीको संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४ प्रतिशत र ७६ प्रतिशत रहने अनुमान छ । पछिल्लो दशकमा कृषिको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमश: २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ।

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi