काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको २० रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य बढेर ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्