Skip to content

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा भारि गिरावट छ । आज सुन प्रतितोला पाँच हजार ५०० रुपैयाँ र चाँदी २१५ रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T