काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लट्री टिकटबाट हरेक दिन १, २ जना नेपालीलाई लखपति बनाउने दाबी गरेका छन् ।
आज अर्थमन्त्रालयमा आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा थप जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्
“राष्ट्रिय चिठ्ठा आउँदैछ, हरेक भ्याट बिल नै अटोमेटिक लट्री टिकट बन्दैछ । हरेक दिन हामी लखपति बनाउँछौँ । हरेक दिन १, २ जना लखपति हुनुहुन्छ” उनले भने “रेमिट्यान्स पठाउनेहरुलाई पनि सहभागी गराइने छ ।”
मेरो बिल दिनुहोस भन्ने कल्चर बनाएर मूल्य अभिवृद्धि कर (भ्याट) बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उनको भनाइ छ । कसैबाट १ रुपयाँ, कसैबाट २ रुपैयाँ संककलन गरेर १५८० अर्ब राजस्व उठाउने उनले जानकारी गराए । साथै राजस्वमा धेरै ठूलो महत्वकांक्षा रहेको समेत उल्लेख गरे ।












प्रतिक्रिया दिनुहोस्