काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारमा लगाइएको पुँजीगत लाभकर अन्तिम व्यवस्था भएको स्पष्ट पारेका छन्। उनले कर समायोजनका क्रममा ७।५ प्रतिशतलाई १२ वा १५ प्रतिशत पुर्याउने माग आएको भए पनि सरकारले त्यसलाई ७।५ बाट १० प्रतिशत र ५ बाट ७।५ प्रतिशत मात्र समायोजन गरेको जानकारी दिए।
उनका अनुसार यो नै अन्तिम कर व्यवस्था हो । उनले अन्यत्र विभिन्न किसिमका कर परिवर्तन हुन सक्ने भए पनि हालको पुँजीगत लाभकरलाई अन्तिम रूप दिइएको बताए।
त्यसैगरी, उनले विद्युत् महसुलबारे पनि धारणा राख्दै ५१ देखि १५० युनिट प्रयोग गर्ने करिब १२ लाख उपभोक्तालाई करिब २४ रुपैयाँसम्म मात्र वृद्धि हुने बताए।
उनले १५१ देखि २०० युनिट प्रयोग गर्ने करिब २ लाख ५० हजार उपभोक्ताका लागि २५ देखि १०० रुपैयाँसम्म मात्र वृद्धि हुने बताए ।
अर्थमन्त्री वाग्लेले ठुलो विद्युत् आयोजना निर्माणका लागि आवश्यक बजेट सानो रकम ९२०–५० रुपैयाँ० उपभोक्ताबाट संकलन गरेर जनताको अपनत्व बढाउने नीति लिइएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्